BBC को सक्रिय कारोबार, NEPSE हरियो क्यान्डलमा बन्द भयो
- Nov 5, 2025
- 145
Nepse २,५९७ अंकमा सुरुआत गर्दै स्थिर रूपमा अघि बढ्यो र अन्ततः २,६०७.४२ अंकमा बन्द भयो। सूचक १२.१७ अंक अर्थात् ०.४६ प्रतिशतले उकालो लाग्यो। कुल ९२ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदै करिब ४.६८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारको पहिलो Half मा बजार खुलेको करिब आधा घण्टापछि सूचक २६१० सम्म पुगेको थियो, जसमा Bishal Bizar Complex (BBC) को सक्रिय कारोबार मुख्य कारण बनेको थियो। तर त्यसपछि बिक्री दबाब देखिँदा बजारले क्रमशः तल्लो स्तर (Lower Low) बनाउँदै गयो। दिउँसो १ बजेपछि पुनः BBC को सक्रिय खरिद क्रियाकलापले बजारलाई सम्हाल्न मद्दत गर्यो र अन्ततः बजार हरियो क्यान्डलमा बन्द भयो।













No comments yet.