CIT का शेयरधनीलाई बोनस र नगद घोषणा
- Dec 22, 2025
- 70
नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कोषले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सो बोनसको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यस सम्बन्धी निर्णय पुस ६ गते बसेको सञ्चालक समितिको बैठकबाट गरिएको हो। कम्पनीले घोषणा गरेको लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ।
यस घोषणासँगै CIT का दीर्घकालीन लगानीकर्ताहरूका लागि नियमित प्रतिफलको अपेक्षा अझ मजबुत बनेको देखिन्छ।













No comments yet.