ICFC फाइनान्सले नगद लाभांश प्रस्ताव
- Nov 24, 2025
- 121
आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गर्दै २२ औँ वार्षिक साधारण सभा मंसिर २९ गते डाकेको छ। सभा काठमाडौंको बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा बिहान १० बजेबाट सुरु हुनेछ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १५.७८९५% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयहरू पनि निर्णयार्थ पेश गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज घोषणा गरेको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले सभा सहभागीता तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।












No comments yet.