Sarbaguna

KBSH का शेयरधनीलाई बोनसको खुशीयाली, १०% बोनससहित साधारण सभा पुस २९ मा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्न चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, मंगलबार काठमाडौँको काठमाडौँ बैङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वरमा साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा दिउँसो साढे २ बजे सुरु हुनेछ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यससँगै बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि छलफल र पारित हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुकक्लोज गर्नेछ। यसअनुसार पुस १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.