NEPSE मा इन्ट्राडे Triple Bottom, समर्थन क्षेत्रमा स्थिरता कायम
- Nov 17, 2025
- 420
NEPSE ले स्थिर र सकारात्मक इन्ट्राडे संरचना देखायो। Index ले फेरि पनि 2030–2050 को बलियो समर्थन क्षेत्रलाई सम्मान गर्दै Intraday ट्रिपल–बटम पैटर्न (Triple Bottom Pattern) बनायो, जसले बजारमा विश्वसनीय आधार तयार भएको संकेत गर्छ। यही स्तरबाट बजारले निरन्तर माथिल्लो गतिलाई कायम राख्दै Higher High – Higher Low (HH-HL) को स्पष्ट संरचना बनाएको छ। यसै क्रममा सूचक 2555.11 को इन्ट्राडे उच्च विन्दुमा पुगेको थियो र अन्त्यतर्फ हल्का समायोजन (Correction) हुँदै 2550.36 मा बन्द भयो।

यता, पछिल्ला केही Trading Days हरू जस्तै बजारले (2530–2550) को समर्थन स्तर परिक्षण गरेपछि फेरि माथि फर्किने recurring trend पनि देखिएको छ। यस्तो Movement ले बजार अहिले Consolidation Phase मा रहेको संकेत गर्छ, जहाँ मुख्य समर्थन क्षेत्रमा खरिद पक्ष सक्रिय देखिन्छ।
Note:
हालसम्म कारोबार (Volume) ले पर्याप्त साथ दिएको छैन। तर, बजारले यस्तो व्यवहार लगातार दोहोर्याइरहनुले Market बिस्तारै मजबुत हुँदै गएको संकेत गर्छ।














No comments yet.