Sarbaguna

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्री खुला

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले आज (भदौ ३ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ। कम्पनीले कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरेको हो।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकिएको छ।

यस निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.