Sarbaguna

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुला

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेको छ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता शेयर (५८ करोड ६० लाख रुपैयाँ बराबर) निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ६६ हजार कित्ता स्थानीय बासिन्दा, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारी र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागिएको हो।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द हुने मिति छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ।

आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.०५ वर्ष हुने अनुमान गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सर्वसाधारणले आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.