Sarbaguna

हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २५ गते साधारण सभा बोलायो

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले आउँदो भदौ २५ गते, बुधबार, काठमाडौँको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

सभाले १२% बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह ‘क’ का तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पनि सभामा पेश हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.