ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाईड्रोपावरको ५१% संस्थापक शेयर खरिद
- Aug 27, 2025
- 222
ग्रीन भेन्चर्स लिमिटेड (GVL) ले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनी को ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको छ। यस सम्बन्धी सम्झौता भदौ १० गते, मंगलबार दुई कम्पनीबीच सम्पन्न भएको हो।
कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्लामा कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना विकास तथा निर्माण गरिरहेको छ। यस आयोजनाले विद्युत उत्पादन अनुमति पाइसकेको छ।
उक्त आयोजना निर्माणका लागि अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ रहनेछ। वित्तीय व्यवस्थापनको नेतृत्व लक्ष्मी सनराइज बैंक ले गरेको छ भने अन्य बैंकहरुको समेत सहभागिता रहेको छ।












No comments yet.