हिमालयन डिष्टिलरीको नाफा वृद्धि
- Aug 14, 2025
- 157
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३६ करोड ५० लाख रुपैयाँभन्दा १६१.१३ प्रतिशत बढी हो।
समीक्षा अवधिमा बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। कुल नाफा ७७.२८ प्रतिशत र सञ्चालन मुनाफा १६६.७८ गुणाले बढेको छ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ, अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ, प्रतिशेयर आम्दानी (EPS) ३१ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.८७ गुणा रहेको छ।













No comments yet.