Sarbaguna

मिड सोलु हाइड्रोले लाभांश प्रस्ताव

मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड (MSHL) ले आ.व. २०८१/८२ का लागि १५.७८९% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १५% बोनस सेयर (करिब रु. ११ करोड २२ लाख) र ०.७८९% नगद लाभांश (करिब रु. ५९ लाख ८ हजार) वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर पनि समावेश गरिएको छ।

कम्पनीको हालको चुक्ता पूँजी रु. ७४ करोड ८४ लाख रहेको छ। सो लाभांश प्रस्तावलाई विद्युत नियमन आयोगको स्वीकृति र आगामी ४औं वार्षिक साधारण सभा (AGM) बाट पारित गरेपछि मात्र वितरण गरिनेछ।

हालको अवस्था अनुसार कम्पनीको पछिल्लो कारोबार मूल्य (LTP) रु. ९०२.४८ रहेको छ।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.