अप्पर स्याङ्गे हाइड्रोपावरको असोज ९ गते साधारण सभा
- Sep 1, 2025
- 125
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज ९ गते, बिहीबार, काठमाडौंको कुण्डलिनी दरबार बैंक्वेट, चप्पल कारखाना चोकमा बिहान १० बजे हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीमा १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, हकप्रद निष्काशनबाट प्राप्त रकमको उपयोग गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने, कम्पनी गाभ्ने, तथा संस्थापक शेयरधनी तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन्।














No comments yet.