Sarbaguna

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १० गुणा, ईपिएस ५२ रुपैयाँ नाघ्यो

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ करोड ७८ लाख रुपैयाँभन्दा १० गुणा (८८९.०४%) वृद्धि हो।

यद्यपि कम्पनीको वित्तीय आम्दानी १८.६५% र लाभांश आम्दानी ४३.४८% घटेको छ, तर लगानी बिक्रीबाट ९० करोड ९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको कारण कुल आम्दानी ९००% ले उकालो लागेको हो।

असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी (EPS) ५२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा र मूल्य-आम्दानी अनुपात (P/E Ratio) ४३.६४ गुणा रहेको छ।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.