झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Sep 15, 2025
- 118
झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन भएको छ। कम्पनीले भदौ २४ गते निष्काशन बन्द गर्ने प्रारम्भिक सूचना प्रकाशित गरेको भए पनि सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि एक दिन थपिएको हो।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ। पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता स्थानीय बासिन्दालाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिएको थियो।
दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इक्रा नेपालले झापा इनर्जीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ। कम्पनीले सञ्चालन गरेको १० मेगावाट क्षमताको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको लागत ८७ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Share Training in Kathmandu/Deep Thapa, 9849290806












No comments yet.