यूनिभर्सल पावर कम्पनीले साधारण सभा बोलायो
- Sep 15, 2025
- 133
यूनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले असोज २३ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा आह्वान गरेको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने जस्ता एजेन्डामाथि छलफल हुनेछ।
यस प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Share Training in Kathmandu/Deep Thapa, 9849290806












No comments yet.