असोज महिनामा वाणिज्य बैंकको ब्याजदर घट्यो
- Sep 16, 2025
- 150
वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेको छ।
भदौमा ५.५७७ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा झरेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ। यस अवधिमा औसत ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो।
२० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ०.५ प्रतिशतविन्दु, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु, र कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।
यस्तै, लक्ष्मी सनराइज बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइजले ०.२५ प्रतिशतविन्दु र स्ट्यान्डर्ड चार्टर्डले ०.०५ प्रतिशतविन्दुले बढाएका हुन्। बाँकी ९ बैंकहरूले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याजदर ५.०१ प्रतिशत कुमारी बैंकले दिनेछ। अधिकतम ६ प्रतिशत ब्याजदर भने एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले दिनेछन्।
यसैबीच, संस्थापक मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि समीक्षा अवधिमा ०.०८८५ प्रतिशतविन्दुले घटेको छ। ७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा औसत घटेको हो भने बाँकी १३ बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन्।
Share Training in Kathmandu/Deep Thapa, 9849290806













No comments yet.