सागर डिष्टिलरीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
- Sep 21, 2025
- 124
सागर डिष्टिलरी लिमिटेडको सर्वसाधारणलाई खुला गरिएको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिन आज (असोज ५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको भाग बाँडफाँट भइसकेको छ।
अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन भइरहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले उच्च जोखिमको संकेत गर्दछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Share Training in Kathmandu/Deep Thapa, 9849290806













No comments yet.