सानिमा बैंकको २१औं साधारण सभा कात्तिक २ गते, ७.३६% नगद लाभांश पारित हुने
- Sep 28, 2025
- 125
सानिमा बैंक लिमिटेड (SANIMA) ले आगामी कात्तिक २ गते, आइतबार, २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजे राजधानीको आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा आयोजना हुने छ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। त्यस्तै, बैंकले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले साधारण सभामा सहभागी हुने र तोकिएको लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।
Share Training in Kathmandu / Deep Thapa 9849290806













No comments yet.