श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि सर्वसाधारणका लागि २५ लाखभन्दा बढी आईपीओ शेयर खुला गर्ने
- Sep 28, 2025
- 122
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आगामी असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको शेयर वितरण गरिसकेको हो।
कम्पनीलाई जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो। सो मध्ये पहिलो चरणमा स्थानीय बासिन्दा, वैदेशिक रोजगारत नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई शेयर बाँडफाँट गरिसकिएको छ।
अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर सार्वजनिक निष्काशन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गतेसम्म खुला रहनेछ।
कम्पनीले आईपीओको लागि गराएको रेटिङमा इक्रा नेपालले "वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको" संकेत गर्ने रेटिङ प्रदान गरेको छ।
नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन्।
Share Training in Kathmandu / Deep Thapa 9849290806












No comments yet.