Sarbaguna
Post Image

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं — आज जेठ ६ गते मंगलबार अमेरिकी डलरको विनिमय दरमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा र खरिददर १३६ रुपैयाँ ३५ पैसा कायम भएको छ। अघिल्लो दिन सोमबार यो दर क्रमशः १३७ रुपैयाँ १२ पैसा (बिक्री) र १३६ रुपैयाँ ५२ पैसा (खरिद) थियो।

आजका लागि नेपाल राष्ट्र बैंकले अन्य विदेशी मुद्राहरूको दर पनि सार्वजनिक गरेको छ। त्यसअनुसार, १ युरोको बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा र खरिददर १५३ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउन्डको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८८ रुपैयाँ २९ पैसा छ। क्यानेडियन डलर १ को दर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १८ पैसा रहेको छ।

यस्तै, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us