
आशा लघुवित्तको नाफामा बढोत्तरी, यस्ता छन् प्रमुख सूचकहरु
- May 5, 2025
- 4
काठमाडौं:
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८.९५ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा संस्थाले ३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा वृद्धि हुनुमा प्रमुख कारण संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको उल्लेखनीय सुधार हो। चालु आर्थिक वर्षको चैत मसान्तसम्म आशाले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६०.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा यो आम्दानी ३१ करोड ६२ लाख रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ७५.९८ प्रतिशतले वृद्धि भई ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ करोड ४९ लाख रुपैयाँ थियो।
हाल आशा लघुवित्तको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड २७ लाख रुपैयाँ संचित भएको छ।
यस अवधिसम्म आइपुग्दा संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९३ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको ८ रुपैयाँ ०७ पैसाको तुलनामा उच्च हो।
कम्पनीको प्रतिसेयर नेटवर्थ भने हाल १५३ रुपैयाँ ३८ पैसा रहेको छ।
No comments yet.