
आज सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्यमा भने गिरावट
- May 20, 2025
- 39
काठमाडौं — आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा यथावत् छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९४० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९४५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,२१६.८३ डलरमा र चाँदी ३२.२१ डलरमा कारोबार भइरहेको छ।
No comments yet.