Sarbaguna
Post Image

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा जेठ २३ गते बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गरिनेछ । साथै, दुई जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्त गर्ने सम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिनेछ । कम्पनीले भने लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नगरेको जनाएको छ ।

साधारण सभाका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ ८ गते बिहीबारसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन् ।

Leave a Comments

Comments

    No comments yet.