Sarbaguna
Post Image

एसियन लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, जेठ १५ गतेसम्म नाममा दर्ता रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले एसियनलाई १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । सोअनुसार, कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ ।

Leave a Comments

Comments

    No comments yet.