
प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्यो
- May 21, 2025
- 13
काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढ्दै २७१२.२५ विन्दुमा पुगेको छ । यस अवधिमा ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसनमा १५८ कम्पनीका १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । कुल ७१३ कारोबार सम्पन्न भएका छन् ।
यस सेसनमा १४९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीहरूको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन ।
No comments yet.