
रिभर फल्स पावरको ४३ लाख बढी कित्ता सेयरको लक इन अवधि आजबाट सकिंदै
- May 22, 2025
- 9
काठमाडौं : रिभर फल्स पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडिएको सेयरको ‘लक इन’ अवधि आज (जेठ ८ गते) समाप्त हुँदैछ। लक इन अवधि पूरा भएपछि ती सेयरधनीहरूले आफ्नो सेयर बजारमा कारोबार गर्न सक्नेछन्।
कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई, र १ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई बाँडफाँट गरेको थियो, जुन हालसम्म ‘लक इन’ अवस्थामा थियो।
रिभर फल्स पावर लिमिटेडले २०७९ सालको जेठ ९ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो। नियमानुसार, त्यस मितिबाट तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीका सेयर लक इनमा राख्नु पर्ने प्रावधान लागू गरिएको थियो।
No comments yet.