Sarbaguna
Post Image

एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्ने स्वीकृति दिएको हो।

जारी गरिने ऋणपत्रमध्ये १२ लाख इकाई, अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी १८ लाख इकाई, अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले आफ्नै पहलमा विभिन्न संस्थाहरूलाई बिक्री गर्नेछ।

बैंकले “७ प्रतिशत एसबीआई ऋणपत्र २०९०” नाममा १० वर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र जारी गर्न लागेको हो।

यस ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडले लिनेछ।

Leave a Comments

Comments

    No comments yet.