Sarbaguna
Post Image

नेपाल माइक्रो इन्सुरेन्सको खुद नाफामा ८०.०८ प्रतिशत गिरावट

काठमाडौं:
नेपाल माइक्रो इन्सुरेन्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८०.०८ प्रतिशतले घटेर ४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ६०५.७४ प्रतिशतले वृद्धि भई ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। तर विभिन्न खर्चका शीर्षकमा उल्लेख्य वृद्धि भएकोले नाफामा गिरावट आएको हो।

खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशतले बढेर २ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कर्मचारी खर्च २ करोड ४६ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँमा पुगेको छ। अन्य सञ्चालन खर्च पनि १ करोड ६ लाख रुपैयाँबाट उकालो लाग्दै ४ करोड ६५ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीले आईपीओ जारी गरेर चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्‍याएको छ। तर नाफा घटेसँगै वार्षिक प्रतिसेयर आम्दानी (EPS) पनि घटेर ९ पैसामा झरेको छ, जुन अघिल्लो वर्ष ५२ पैसा थियो।

Tags

Leave a Comments

Comments

    No comments yet.