
आज सुनको भाउ बढ्यो, चाँदी भने स्थिर
- May 5, 2025
- 5
काठमाडौं:
आज सुनको मूल्यमा ५०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँमा पुगेको छ। आइतबार सोही सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने स्थिर रह्यो। सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमै किनबेच भएको हो, जुन आइतबारको मूल्यसँग समान छ।
No comments yet.