Sarbaguna
Post Image

मिथिला लघुवित्तको नाफा बढ्यो, इपीएस र नेटवर्थ कति छ ?

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिथिला लघुवित्तले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७.१४ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा कम्पनीले ३ करोड ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा उल्लेखनीय रूपमा बढेसँगै कम्पनीको नाफामा पनि सुधार देखिएको हो। मिथिलाको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो रकम ९ करोड ६५ लाख रुपैयाँ थियो।

सञ्चालन नाफा त झनै उल्लेखनीय दरले—११५.०२ प्रतिशतले—बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड ५३ लाख रुपैयाँ थियो।

यद्यपि, कम्पनीको खराब कर्जा अनुपात भने बढेर ३.९० प्रतिशतबाट ४.६८ प्रतिशतमा पुगेको छ।

हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८२ हजार रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ३६ रुपैयाँ २२ पैसा छ, र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ९८ पैसा रहेको छ।

Leave a Comments

Comments

    No comments yet.