
युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी भन्दा जगेडा कोष धेरै, प्रतिसेयर आम्दानी ३० रुपैयाँ
- May 6, 2025
- 10
काठमाडौं : युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा संस्थाले ३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्यरूपमा वृद्धि भई १७ करोड २५ लाख रुपैयाँबाट बढेर १७ करोड २७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाले ४ करोड ७५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।
१४ करोड ८५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १९ करोड ११ लाख रुपैयाँ छ, भने वितरणयोग्य नाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ। सो नाफाबाट ४२.४८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता भए पनि, एनपीएल (non-performing loan) उच्च अर्थात् १५.५२ प्रतिशत पुगेकाले राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने सम्भावना देखिएको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ३० रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ २६४ रुपैयाँ ९७ पैसा रहेको छ।
No comments yet.