तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति
- May 6, 2025
- 140
काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले हकप्रद निष्कासनको प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्ने अवसर प्राप्त गर्नेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न पहिले नै स्वीकृति दिइसकेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर जारी भएपछि दोब्बर हुँदै ८० करोड रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहनेछ।
कम्पनीले हकप्रदबाट संकलन हुने पूँजी खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्ने जनाएको छ।













No comments yet.