
हिमालयन रिइन्सुरेन्सको बोनस सेयर घोषणा
- May 6, 2025
- 11
काठमाडौं : हिमालयन रिइन्सुरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
घोषित लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ। कम्पनीले अघिल्लो वर्ष २०७९–८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।
No comments yet.