Sarbaguna
Post Image

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक २.३४ अंकले वृद्धि भएर २६१३.७८ विन्दुमा पुगेको छ। यो अवधिमा कुल २ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ४९ कम्पनीका ४५ हजार १ सय ३८ कित्ता सेयर किनबेच भएका छन्। कारोबार संख्या १ सय १२ पुगेको छ।

२६ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २२ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

Leave a Comments

Comments

    No comments yet.