
आँखुखोला जलविद्युतको नाफा १२ सय प्रतिशत बढ्यो
- May 7, 2025
- 16
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १,२०० प्रतिशतको वृद्धि हो। गत वर्ष सोही अवधिमा कम्पनीको नाफा २५ लाख ७२ हजार रुपैयाँ मात्र थियो।
कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी १३ करोड ७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४ करोड ४ लाख रुपैयाँको तुलनामा केही घटेको हो। तर, वित्तीय खर्च ८ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ करोड १० लाख रुपैयाँमा झरेको कारण नाफामा उल्लेखनीय सुधार आएको हो। यसै अवधिमा कम्पनीले १ करोड ११ लाख रुपैयाँको वित्तीय आम्दानी पनि गरेको छ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी (अदर इक्विटी) भने १९ करोड ९१ लाख रुपैयाँले ऋणात्मक छ। हाल कम्पनीको प्रति सेयर आम्दानी (EPS) २.२५ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ९० रुपैयाँ कायम भएको छ।
No comments yet.