
अमेरिकी डलरको भाउ आज पनि बढ्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?
- May 8, 2025
- 9
काठमाडौं : अमेरिकी डलरको भाउ आज पनि वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार, वैशाख २५ गते, १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा र खरिददर १३५ रुपैयाँ ४३ पैसा रहेको छ। अघिल्लो दिन बुधबार पनि डलरको दर बढेको थियो, जहाँ बिक्रीदर १३५ रुपैयाँ ४० पैसा र खरिददर १३४ रुपैयाँ ८० पैसा कायम गरिएको थियो।
त्यस्तै, आज १ युरोको बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा र खरिददर १५३ रुपैयाँ ९५ पैसा रहेको छ।
बेलायती पाउन्ड १ को बिक्रीदर १८१ रुपैयाँ ६० पैसा र खरिददर १८० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी १० येनको मूल्य खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा तोकिएको छ।
क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा छ।
कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।
No comments yet.