
नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
- May 4, 2025
- 16
काठमाडौं : नेको इन्सुरेन्स लिमिटेडको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन हो । इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीले वैशाख १२ गतेदेखि संस्थापक समूहका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको हो ।
यस लिलामीमा सहभागी हुन लगानीकर्ताले न्यूनतम मूल्य १ सय रुपैयाँ तोकी प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम माग अनुसार आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
लिलामी बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटलले लिएको छ । यसअघि, कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएका सेयर अहिले लिलामीमार्फत बिक्री गरिंदैछ ।
आवेदन सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय र विराटनगर शाखाबाट दिन सकिनेछ । साथै, नेको इन्सुरेन्सका झापा, पर्सा, धनुषा, चितवन, मकवानपुर, कास्की लगायतका शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।
No comments yet.