
नेको इन्सुरेन्सको लाभांश लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- May 11, 2025
- 6
काठमाडौं : नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज (वैशाख २८ गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि बुक क्लोज वैशाख ३० गते गर्ने निर्णय गरेको छ । तर, वैशाख २९ गते बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा पर्ने भएकाले व्यवहारिक रूपमा सेयर खरिद आजभित्रै सम्पन्न गर्नुपर्नेछ ।
कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ, जुन लिसारा रिसेप्सेन, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि एजेन्डामा रहेको छ ।
No comments yet.