
नागरिक लगानी कोषको खुद नाफामा झिनो सुधार, इपीएस घट्यो
- May 11, 2025
- 0
काठमाडौं : नागरिक लगानी कोषको नाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सामान्य सुधार देखिएको छ । कोषले उक्त अवधिमा ८८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत मात्रले वृद्धि हो ।
हाल ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर २४ करोड १ लाख रुपैयाँमा सीमित भएपनि सेवा तथा कमिसन आम्दानीमा वृद्धि भएपछि कुल नाफामा थोरै सुधार देखिएको हो ।
कोषले सेवा तथा कमिसन आम्दानी १५.०६ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ । यस कोषको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने जगेडा र अन्य विभिन्न कोषमा गरेर ३ खर्बभन्दा बढी रकम सञ्चित छ ।
पुँजी वृद्धि भएपनि नाफामा उल्लेखनीय वृद्धि नहुँदा प्रतिसेयर आम्दानी (EPS) ३.६५ रुपैयाँले घटेर १८.४९ रुपैयाँमा झरेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ कायम रहेको छ ।
No comments yet.