Sarbaguna
Post Image

हिमालयन लाइफ इन्सुरेन्सले बढायो नाफा, कस्ता छन् प्रमुख सूचकहरु ?

काठमाडौं : हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले वृद्धि हो । गत वर्ष यस अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ३.८८ प्रतिशतले वृद्धि भई ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १०.६८ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब ९ करोड रुपैयाँमा रहेको छ । तर, कम्पनीको प्रतिसेयर आम्दानी (EPS) भने ३५ पैसाले घटेर ६.८९ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ रहेको छ ।

Leave a Comments

Comments

    No comments yet.