Sarbaguna
Post Image

युनिलिभर नेपालको नाफा झिनो अंकले घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं: युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ०.८० प्रतिशतले कम हो। गत वर्ष यस कम्पनीले ४८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको संचालन आम्दानी १ अर्ब ९९ करोड ५५ लाखबाट घटेर १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ, जसका कारण नाफामा दबाव परेको हो। यस्तै, वित्तीय खर्च १२ करोड ८८ लाखबाट बढेर १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

यस कम्पनीको ९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ, र रिटेन्ड अर्निङ ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ छ। यसको इपीएस २ हजार ७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४ हजार ५९३ रुपैयाँ रहेको छ।

Leave a Comments

Comments

    No comments yet.