
खर्च घटेपछि शिवम् सिमेन्ट्सको नाफामा आकर्षक सुधार
- May 13, 2025
- 2
काठमाडौं: शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको २० करोड ४२ लाख रुपैयाँभन्दा ९६.०८ प्रतिशतले वृद्धि भएको हो।
यद्यपि कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानीमा गिरावट आएको छ, बिक्री लागत तथा वितरण खर्चमा कटौती गरेको कारण नाफामा उल्लेखनीय सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ भने अन्य आम्दानी २७.१० प्रतिशतले घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। तर, बिक्री लागतमा १६.०६ प्रतिशत र बिक्री तथा वितरण खर्चमा ९.०४ प्रतिशत को कमी ल्याइएको छ।
हाल शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ र सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४.३७ रुपैयाँले बढेर ९.७९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१० रुपैयाँ कायम भएको छ।
No comments yet.