
अपर तामाकोशीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब २७ करोड, कम्पनी भने २ अर्ब ६ करोड घाटामा
- May 13, 2025
- 0
काठमाडौं: अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। यो घाटा अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ३९ करोड रुपैयाँ घाटाको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो।
कम्पनीको घाटा बढ्नुमा विद्युत् बिक्रीबाट प्राप्त आम्दानी घट्नु मुख्य कारण बनेको छ। अघिल्लो वर्षको ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी घटेर यस त्रैमासमा ४ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ।
यता, वित्तीय खर्च भने घटेर ४ अर्ब ६९ करोड रुपैयाँबाट ४ अर्ब ६ करोड रुपैयाँमा झरेको छ। यसबाहेक, कम्पनीको अन्य आम्दानी ९७ करोड ९६ लाख रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्स (retained earnings) १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा इपीएस (EPS) –९.७६ रुपैयाँ नोक्सानीमा छ भने प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँ कायम भएको छ।
No comments yet.