
आइएमई लाइफ इन्सुरेन्सको नाफा १०.४९ प्रतिशतले बढ्यो, इपीएस कति छ ?
- May 4, 2025
- 13
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो । गत वर्ष यसले ३३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ९६ करोड १३ लाख रुपैयाँबाट बढेर ९८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यसबाहेक, कम्पनीले कमिसनमार्फत ३ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष शून्य थियो । कमिसन आम्दानीमा भएको वृद्धि नै नाफा वृद्धिको एक प्रमुख कारण बनेको देखिन्छ ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ५६ लाख रुपैयाँमा छ भने सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ जम्मा भएको छ । तर, प्रतिसेयर आम्दानी (EPS) भने ११.०५ रुपैयाँबाट घटेर ९.७७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ रहेको छ ।
No comments yet.