
मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
- May 13, 2025
- 5
काठमाडौं: मंगलबार सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको छ। नेपाल सुन चाँदी रत्न आभूषण महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा झरेको हो। सोमबार सोही सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने उल्टो दिशामा गएको छ। आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ पुगेको छ, जुन सोमबार १ हजार ९६० रुपैयाँ थियो।
No comments yet.