Sarbaguna
Post Image

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, कर प्रयोजनका लागि कम्पनीले ०.७८ प्रतिशत नगद छुट्याएको छ।

प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ। यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिएको थियो।

Leave a Comments

Comments

    No comments yet.