Sarbaguna
Post Image

युनियन हाइड्रोपावरले बढायो मुनाफा, ९ महिनामा २ करोड १९ लाख रुपैयाँ कमायो

काठमाडौं : युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ करोड ५३ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो।

सो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट बढेर ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा भएको वृद्धिले नाफा बढ्न मद्दत गरेको देखिन्छ।

कम्पनीको ब्याज खर्च ६३ लाख रुपैयाँबाट घटेर २७ लाख रुपैयाँमा झरेको छ। ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा हाल २४ लाख ३ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) २.१९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.३२ रुपैयाँ कायम छ।

Leave a Comments

Comments

    No comments yet.