
एलआइसी नेपालको बोनस सेयर घोषणा
- May 15, 2025
- 4
काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
एलआइसी नेपालले हालको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा बोनस सेयर प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ।
No comments yet.