एक महिनामा सार्वजनिक ऋण ४५ अर्बले घट्यो
- May 19, 2025
- 165
सरकारले एक महिनाको अवधिमा करिब ४५ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण घटाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँमा झरेको छ।
चैत मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो। सोही आधारमा एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँ ऋण घटाइएको हो।
वैशाख मसान्तसम्ममा सरकारको कुल ऋणमध्ये १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ आन्तरिक र १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ बाह्य स्रोतबाट लिएको ऋण हो।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको कार्यालयले जनाएको छ।














No comments yet.