Sarbaguna

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८०% ले घट्यो, बीमाशुल्क आम्दानीमा वृद्धि

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ८०.०८% ले घटेर ४ लाख ८१ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि, कम्पनीको खुद आर्जित बीमाशुल्क ६०५.७४% र कुल आम्दानी १३०.७५% ले बढेको छ। खर्च पनि उच्च दरमा वृद्धि भएको छ । खुद दाबी भुक्तानी ५१३.२७% र कुल खर्च १४६.२९% ले बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात (P/E ratio) ५१६९ गुणा पुगेको छ। ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको विशेष जगेडा कोषमा २६.७४ लाख, महाविपत्ती कोषमा २.६७ लाख, रिटेन्ड अर्निङ्गमा २२.०८ लाख रुपैयाँ सञ्चित छ।

Tags

Leave a Comments

Comments

    No comments yet.

Follow Us